पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोलको १५० र डिजेल र मट्टितेल १३३ कायम


मोरङ, २० फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । नेपाल सरकारको नियन्त्रित संस्था आयल निगमले हिजो (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य रहेको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ । तर एलपिजी ग्यासको मूल्य भने बढाइएको छैन । निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य १ हजार ५७५ रुपैयाँ यथावत् नै राखेको छ ।

सरकारले एक साता पनि नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्