सुन्दररहैँचा १० मा रहेको शिद्धार्थ इङ्लिस स्कुलको विद्यार्थी दिवश कार्यक्रम


मोरङ, २० फागुन । मोरङको सुन्दररहैँचा –१० मा रहेको शिद्धार्थ इङ्लिस स्कुलले आज एक कार्यक्रमबिच विद्यार्थी दिवस सम्पन्न गरेको छ । विद्यालयकै प्राङ्गणमा आयोजित दिवशको प्रदेश सांसद राजकुमार ओझाले उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा प्याब्सन मोरङका सहसचिव मनोज रेग्मी, छिमेकी विद्यालय बालप्रतिभा माविका प्रधानाध्यापक गणेश प्रसाद दाहाल, स्थानीय समाजसेवी देवेन्द्र कुमार मास्के, स्रष्टा आचार्य अ, मोहनप्रसाद काफ्ले, छवि बैरागी, लगायतको उपस्थिति रहेको थियो ।

केही दिन अघि मात्र खेलकुद सप्ताह सम्पन्न गरेको विद्यालयले प्रत्येक वर्ष कम्तीमा तीन तीन पटक भव्य रूपमा कार्यक्रम गर्दै आएको भएता पनि कोरोनाका कारण कार्यक्रम गर्न नसकेको विद्यालयका प्रधानाध्यापक अर्जुन् बस्नेत बताउँछन् ।

कार्यक्रममा जुनियर डान्सिङ आइडल सिङ्गल र डबल, सिनियर डान्सिङ आइडल सिङ्गल र डबल, शैक्षिक पुरस्कार, वक्तृत्वकला, नृत्य लगायतमा विजयी छात्र छात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयले प्राप्त गरेको आइएस ओ स्ट्याण्डरको प्रमाण पत्र प्रमुख अतिथिले पढेर सुनाएका थिए ।
विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहायक प्रधानाध्यापक जेबी थुलुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्