युद्ध शाही बुटवल लुम्बिनीमा


राजकुमार श्रेष्ठ –

सुनसरी, २० फागुन । त्रिभुवन आर्मी क्लबका डिफेन्स युद्ध शाहीले यो वर्ष बुटवल लुम्बिनीबाटै नेपाल सुपर लिग ९एनएसएल० खेल्ने भएका छन् । शुक्रवार भएको अक्सनका लागि उनलाई बुटवल लुम्बिनी रकम १ लाख १० हजार रुपैयाँमा खरिद गरेको हो ।

बि क्याटागोरीका खेलाडीको न्यूनतम रकम १ लाख रुपैयाँ तोकिएको छ । एनएसएलको पहिलो संस्करणमा उनी धनगढी एफसीमा आबद्ध भएका थिए । यस पटक बुटवल लुम्बिनीले उनीमाथि खरिदको इच्छा देखाएको थियो । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसइएम०को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यस पटक एनएसएल पोखरा र काठमाडौँमा हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्