बेलबारीका दीप मङ्रान्तिको लघुकथा सङ्ग्रह छोइछिटो सार्वजनिक


बेलबारी, २१ फागुन । स्रष्टा दीप मङ्ग्रान्तिको लघुकथा सङ्ग्रह छोइछिटोको सार्वजनिक भएको छ । बेलबारी साहित्य विकास समितिले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन भएको हो ।
बेलबारीमा रहेको बेतना पर्यटकीय क्षेत्रको सभा हलमा एक कार्यक्रमबिच कृतिको विमोचन भएको छ ।
साहित्यकार तथा अन्वेषक अनिल पौडेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा साहित्यकार विधान आचार्य, भारतीय पत्रकार कृष्ण प्रधान, पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्साल, उपप्राध्यापक दीपक न्यौपाने, साहित्यकार तथा अन्वेषक रविमान लम्जेल, नाटककार भरत गुरागाईँ बर्बरिक उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा साहित्यकार रामबाबु दाहाल, शिव नारायण पण्डित, रोमु अधिकारी, केशव सुनाम, सिर्जना सरोकार, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई लगायतको तीन दर्जनभन्दा बढी स्रष्टाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृति विमोचनका अतिरिक्त रचनावाचनसमेत गरिएको थियो । विमोचित कृतिको स्रष्टा ईरान राई, विधान आचार्य, भारतीय पत्रकार कृष्ण प्रधान लगायतकाले टिप्पणी गरेका थिए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन् भने संस्थाका सचिव धनजीत पराजुलीको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्