ताप्लेजुङको पाथीभराङवरकमा ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम


मोरङ, २३ फागुन । ताप्लेजुङमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रमअनुसार सुरु चरणमा गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गरिने छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बू सबै वडामा सञ्चालन हुने यो कार्यक्रमबाट पहिलो चरणमा ५० जना ज्येष्ठ नागरिकले सेवा पाउने बताउँछन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बूका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने र लगाउनुपर्ने दाँतको नाप लिने त्यस पछि नापअनुसारको आकारका दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने गरिन्छ ।

उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको नगरपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि यो कार्यक्रम ल्याइएको बताउँछन् । दाँत नहुँदा दैनिक जसो खाना खान, आफ्ना आफन्तसँग बोल्न, मेलापात जान साथै सौर्यतासमेत प्रभाव पर्ने भएकोले गाउँपालिकाले ल्याएको यो कार्यक्रम राम्रो रहेको स्थानीयको बुझाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्