रङ्गेलीका मेयर र उपमेयर एमालेमा प्रवेश


मोरङ, २५ फागुन । मोरङको रङ्गेली नगरपालिका प्रमुख दिलीप बगडिया र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (बुधवार) रङ्गेलीमा आयोजित एक कार्यक्रमकाबिच उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

नगर प्रमुख तथा उपप्रमुखसहित रङ्गेलीका तीन जना वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेको बताइएको छ । एमाले प्रवेश गर्नेमा रङ्गेली नगरपालिका वडा नं १, ५ र ७ का वडाध्यक्ष रहेका छन् । उनीहरू सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

नेकपा एमाले मोरङले आज चार हजारभन्दा बढी मानिस नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेको छ । पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले बुधवार चार हजार सात सय १० जना नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् ।

नगरप्रमुख एमाले प्रवेश गर्ने र अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम थाहा पाए पछि माओवादी केन्द्रले भने बगडीयालाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्