एमाले अध्यक्ष ओलीले दिए माओवादी केन्द्रलाई भ्रमको गोलो र काँग्रेसलाई सुकेको रुखको संज्ञा


मोरङ, २६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको पार्टी माओवादी केन्द्रलाई भ्रमको गोलोको संज्ञा दिएका छन् । आज (बुधवार) रङ्गेलीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभालाई संवोधन गर्दै ओलीले भने, ‘प्रचण्डको पार्टी पार्टी होइन भ्रमको गोलो हो, त्याग गरेर एमालेमा आउनुहोस् ।’

साथै उनले काँग्रेसलाई सुकेको रूखको संज्ञा दिँदै त्यसको कुरा गर्न आवश्यक नरहेको बताए । उनले भने, ‘पात मात्रै झरेको छैन रूख नै सुकेको छ ।’

काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको उनकोे आरोप छ । आयोगको निर्णयले काङ्ग्रेसतिरको झुकाव देखाएको आरोप लगाउँदै उक्त निर्णय सच्याउन आयोगसँग आग्रहसमेत गरे ।

माधव नेपालतर्फ सङ्केत गर्दै ओलीले केही व्यक्तिले पार्टी छाडे पनि एमाले पार्टी झन् बलियो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्