बल्ल आयो सोलुखुम्बुको डढेलो नियन्त्रणमा


मोरङ, २६ फागुन । सोलुखुम्बुमा केही दिनदेखि लागिरहेका डढेलो नियन्त्रणमा आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो लामो प्रयास पछि नियन्त्रणमा आएको हो ।

डढेलो आइतबार दिउँसोबाट लागेको थियो । वडाध्यक्ष आङ फुर्वा शेर्पाले चार दिनपछिको प्रयास पछि डढेलो बल्ल नियन्त्रणमा आएको जानकारी दिएका छन् ।

डढेलो नियन्त्रणमा लिन हेलिकप्टरसमेत प्रयोग गरिएको थियो । स्थानीयवासीले मात्र आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्निनियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको थियो ।

आगोका कारण सल्ला, उत्तीसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको बताइएको छ । आगलागीका कारण र क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्