क्लवस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि बेलबारीलाई (फोटो फिचर)


बेलबारी, मोरङ / क्लवस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले चुमेको छ । बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी प्रतियोगिताको कार्तिक ९ गते भएको फाइनल खेलमा केराबारीलाई पराजित गर्दै उपाधि जितेको हो ।

बेलबारीले केराबारीलाई २–१ गोलको अन्तरले पराजित गरेको छ । बेलबारीको तर्फबाट जर्सी नं. ११ का खेलाडी सञ्जय धिमालले र जर्सी नं १९ का मौसम सुब्बाले गोल गरेका थिए । केराबारीको तर्फबाट भने जर्सी नं ९ का विरेन लिम्बूले गोल गरेका थिए ।

सञ्जय धिमालले पहिलो हाफको १७ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको २ मिनेट बाँकी रहँदा केराबारीका विरेन लिम्बूले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुराएका थिए ।

दोस्रो हाफ सुरु भएको ७ औँ मिनेटमा बेलबारीका मौसम सुब्बाले निर्णायक गोल गर्दै टिमलाई विजेता बनाएको छ । खेलको म्यान अफ द म्याच बेलबारीमा मौसम सुब्बा घोषित भए भने केराबारीका विरेन लिम्बू उत्कृष्ट खेलाडीमा घोषित भए ।

बेलबारी २ सिंहदेवि हाईटमा रहेको बागदेवी खेलमैदानको स्तरउन्नतीको उद्देश्य राखेर प्रतियोगिता सञ्चालन गरिएको सिंहदेवि युवा समूहका अध्यक्ष तिर्थबहादुर न्यौपानेले जनाएका छन् ।

विजेता टिमलाई बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । विजेता टिमले रु.५१ हजार र उपविजेताले रु.३१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

https://youtu.be/bXb2m_dKmjE

प्रतिक्रिया दिनुहोस्