सङ्खुवासभा यात्रुबाहक बस दुर्घटना चालक र सहचालक सहित १४ को मृत्यु


मोरङ, २६ फागुन । सङ्खुवासभा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । जिल्लाको मादी नगरपालिका ६ पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा परेर बसमा सवार चालक र सहचालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले बिहीबार बिहान मादीबाट दमकको लागि छुटेको बा. ४ ख ७३५ नम्बरको रेशम फिफिलि नामक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिएको छ ।

मृत्यु भएका १४ जनामध्ये १४ जनाकै शव सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मादी नगरपालिका ६ बस्ने वर्ष ३० की सिता बि.क, वर्ष ३२ की अञ्जना कटुवाल, तुलसा कटुवालकी ५ वर्षीय छोरी दीक्षा कटुवाल, वर्ष ४९ का भवानीप्रसाद दाहाल, वर्ष ४२ का इन्द्र अधिकारी, वर्ष ६० का बलबहादुर कार्की, वर्ष २८ की सबिता कार्की, वर्ष ४८ का दीपक कुमार दाहाल, ताप्लेजुङ बस्ने ३१ वर्षीय समीक्षा योञ्जन उनकी ८ वर्षीय छोरा सुदिप घिसिङ, मादि नगरपालिका ५ बस्ने वर्ष ५५ का श्याम शेर्पा र आइतबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

त्यस्तै घाइते हुनेहरूमा मादि नगरपालिका ६ बस्ने वर्ष ५० का डम्बर कार्की, वर्ष २४ की करिश्मा तामाङ, वर्ष २२ की तुलसा कटुवाल, वर्ष २४ का सुवास तामाङ, वर्ष २७ की युका पोख्रेल रहेका छन् ।

घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्