फुङलिङ बजारमा लागेको आगलागीमा परेर दुई वटा घरमा क्षति


ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ बजारमा बिहानै भएको आगलागी परेर दुई वटा घर जलेर नष्ट भएका छन् । जिल्ला सदरमुकाम फुङलिङ बजारको बिच भागमा आगलागी हुँदा ती घर नष्ट भएका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले फुङलिङ नगरपालिका–४ मा बिहान ८ बजेतिर आगलागी भएको, आगोबाट दुई वटा घरमा क्षति पुगेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको, आगो नियन्त्रणमा निले प्रयासमा रहेको बताएका छन् । आगलागी कारणले भने अहिले सम्म खुल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्