आइतवारबाट प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्मा छलफल सुरु हुने


काठमाडौँ, २७ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराविरुद्धको महाअभियोगमाथि आइतबारदेखि संसद्मा छलफल सुरु हुने भएको छ । फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीषविरुद्धको महाअभियोगमा छलफल सुरु हुने भएको हो ।

आइतवारको बोलाइएको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा माओवादी, काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको छ । फागुन १ गते दर्ता गरिएको महाअभियोग प्रस्तावमा यी तीन वटै दलका ९५ सांसदहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभाको यसअघिको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसहितको ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्