प्रथम तिर्थ स्मृति फुटबल कप – २०७८को उपाधि बेतना यूनाइटेड क्लबलाई


बेलबारी, २८ फागुन । बेलबारी नगरपालिका अन्तर क्लब प्रथम तिर्थ स्मृति फुटबल कप – २०७८ को उपाधि बेतना यूनाइटेड क्लबले चुमेको छ । नक्सलबारी फुटबल क्लब, बेलबारी १ लाई २–१ गोलको अन्तरले हराउँदै बेतनाले उपाधि हात पारेको हो ।

फाइनल खेलको पहिलो हाफ गोल विहीन सकिएको थियो । दोस्रो हाफको ५ मिनेटमा बेतनाका जर्सी नं.२२ का खेलाडी आदर्श लिम्बुले पहिलो गोल गरेका थिए । तर १० मिनेट नपुग्दै नक्सलबारीको तर्फबाट जर्सी नं.११ का खेलाडी सौगात राउतले फ्री किक हान्ने अवसर पाए पछि, गोल गरेर खेल बराबरीमा पुराएका थिए ।

बराबरीमा पुगेसँगै खेल झनै आक्रामक भएको थियो । नक्सलबारीका गोल किपर अभिसेक मगरले बेतनाको तर्फबाट भएको प्रहार फर्काउने प्रयास गर्दा जर्सी नं. १६ का खेलाडी उनकै साथी किरण लिम्बुमा गोल टोकिँदा फर्किएर सोसाइट गोल भएको थियो । उक्त गोलले नै बेतनालाई उपाधि दिलायो ।

बेतनाले आयोजक टिम बोराबाँध यूथ क्लब, बेलबारी ६ लाई सडेन डेतमा ५–६ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने नक्सलबारीले लालभित्ती फुटबल क्लब, बेलबारी २ लाई ट्राई ब्रेकरमा ५–४ गोलको अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

विजेता टिमले नगद पुरस्कार रु.४० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता टिमले नगद पुरस्कार रु.२५ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलको मन अफ दि म्याच बेतनाका खेलाडी आदर्श लिम्बु घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेतानाका सुजन मगर घोषित भए भने सर्वाधिक गोलकर्ता लालभित्तीका खेलाडी सन्जोक आचार्य घोषित भए । उत्कृष्ट मिडफिल्डरमा नक्सलबारीका सुमन लिम्बु, उत्कृष्ट फरवार्डमा अनुप मगर, उत्कृष्ट गोल किपर बेतानाका कुमार तामाङ, उत्कृष्ट डिफेन्स सुरस लिम्बु उत्कृष्ट कोच किरण कार्की र राईजिङ खेलाडीमा आयोजकका सञ्जय राई घोषित भएका छन् ।

फागुन २१ गते देखी सुरु भएको प्रतियोगिता बोराबाँध यूथ क्लबका अध्यक्ष प्रज्वल राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्