नेकपा एमाले बेलबारी ४ को धरहरा टोल अध्यक्षमा बिन्दा गौतम


समीक्षा दुलाल –
बेलबारी, २८ फागुन । नेकपा एमाले बेलबारी नगरपालिका वडा नं. ४ को धरहरा टोल अध्यक्षमा बिन्दा गौतम चयन भएकी छिन । शनिवार भएको टोल भेलाद्वारा गौतमलाई अध्यक्षमा चयन भएकी हुन ।

उपाध्यक्ष बालकुमारी कटुवाल, सचिव दिवस रिमाल, उपसचिव समीक्षा दुलाल, चन्द्र प्रसाद बास्तोलासहित २६ जना सदस्य निर्वाचित भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य घनश्याम गौतमको प्रमुख आतिथ्यमा वडा समितिको गठन भएको हो । उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य सरिता गौतम, नगर कमिटी सदस्य लीला मेहता, वडा नंं ४ का अध्यक्ष सुजित बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्