राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, प्रदेश नम्बर १ को अध्यक्षमा जे.बि थुलुङ


रामकुमार थापा –
मोरङ, २८ फागुन । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय सांस्कृतिक महासंघ नेपाल, प्रदेश नम्बर १ को अध्यक्षमा जे।बि थुलुङ निर्वाचित भएका छन् । मोरङको बेलबारी वडा न.१ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा शनिवार सम्पन्न राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनद्वारा थुलुङ अध्यक्षमा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

साथै सञ्जीव धिमालको अध्यक्षतामा राष्ट्रिय जनसंगित मञ्च प्रदेश न।१, केवल तामाङको अध्यक्षतामा जनपक्षीय चलचित्रकर्मी संघ प्रदेश न.१ र गणेश लामा आशुको अध्यक्षतामा ललितकला मञ्च प्रदेश न।१ को गठन भयको छ । खुल्ला सत्र नेकपा एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै घिमिरेले देशमा बढ्दो खराब गितसंगीत तथा विदेशी संस्कृतिलाई न्यूनीकरण गर्दै, स्वदेशी माटो सुहाउँदो संस्कृतिको विकासमा जोड दिनु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्