बेलबारीका मनोज मिस्टर कंचनजङ्गाको ६५ केजी तौल समूहको प्रथम


बेलबारी, २९ फागुन । बेलबारीका मनोज सुवेदीले १ नम्बर प्रदेशस्तरीय ६५ केजी तौल समूहमा उपाधि चुम्न सफल भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न बडि बिल्डिङ प्रतियोगिता (मिस्टर कंचनजङ्गा) १ नम्बर प्रदेशस्तरीय ६५ केजी तौल समूहमा सुवेदीले सो उपाधि चुम्न सफल भएका हुन् ।

फागुन २८ गते सम्पन्न प्रतियोगितामा उपाधि चुमेका सुवेदीले अघिल्लो वर्ष पनि धरानमा आयोजित प्रतियोगितामा उपाधि चुम्न सफल भएका थिए ।

बेलबारी ३ स्थायी घर भएका सुवेदी पछिल्लो समय युवाहरूका मात्र नभई सामाजिक रूपमा समेत आइडल बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्