गेसो महिला संघ मोरङद्वारा महिला प्रतिभा संघलाई रु.८० हजार सहयोग


बेलबारी, २७ फागुन । गेसो महिला संघ, मोरङले बेलबारी नगरपालिका वडा नं.१ को महिला प्रतिभा संघलाई रु.८० हजार ५ सय १७ सहयोग प्रदान गरेको छ । गेसो महिला संघ, मोरङका अध्यक्ष सुशीला राईले सो रकम हस्तान्तरण गरेकी हुन ।

कार्यालय व्यवस्थापनको लागि सो सहयोग रकम प्रदान गरेको अध्यक्ष राईले बताइन । महिला प्रतिभा संघको कार्यको प्रशंसा गर्दै, महिला सशक्तीकरण अभियानलाई अझ सशक्त बनाउन आग्रह गरिन ।

रकम हस्तान्तरण कार्यक्रम महिला प्रतिभा संघका अध्यक्ष शकुन्तला सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक मिनु राई पनि उपस्थित थिइन । सो रकम संस्थापक राईको पहलमा सहयोग भएको हो ।

प्रतिक्रिया दिनुहोस्