सुकुना क्याम्पसमा लक्ष्मीलाई भव्य स्वागत   


बेलबारी, २९ फागुन । नेपाल आइडलको चौथो संस्करणको टप पाँचमा पुगेकी गायिका लक्ष्मी पौडेललाई उनी पढेको क्याम्पसले आज भव्य स्वागत गरेको छ । आइतवार क्याम्पसमा आयोजित कार्यक्रममा उनलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा क्याम्पस प्रमुख इन्द्रमणि राई, सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, क्याम्पसमा प्राध्यापनरत शिक्षकहरू, स्ववियु सभापति सन्तोष लिम्बू, पूर्व स्ववियू उपसभापति मिलन घिमिरे, गायक सञ्जीव धिमाल तथा उनका आफन्तहरूका सार्थ क्याम्पसका विद्यार्थीहरूको भव्य सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख इन्द्रमणि राईले लक्ष्मी सिङ्गो क्याम्पसको शान भएको बताउँदै उनको सफलतामा क्याम्पस परिवार खुसी भएको बताए ।
लक्ष्मी सुकुना बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्कायमा दोस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।

उक्त अवसरमा लक्ष्मीको प्रस्तुतिका साथै गायक सञ्जीव धिमाल, सनम खतिवडा, कर्ण गिरी आदिको समेत प्रस्तुति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्