साना किसान कृषि सहकारी संस्थाको १३ औँ साधारणसभा सम्पन्न


बेलबारी, मोरङ / बेलबारीमा रहेको साना किसान कृषि सहकारी संस्थाको १३ औँ साधारणसभा सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिकाको वार्ड नं १ स्थित तमुबौद्धिष्ठ गुम्बामा १३ औँ साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख सुबेदीले नगरपालिकाले कृषिलाई महत्त्वपूर्ण स्थान दिएको बताउँदै, साना किसानले पुरै बेलबारीलाई समेटेर त्यसको अगुवाइ गर्न आग्रह समेत गरेका थिए ।

सो कार्यक्रममा बेलबारी नगरपालिका वाड नं १ का अध्यक्ष चक्रबहादुर खुलाल, जिल्ला कृषि सङ्घ मोरङ तथा प्रदेश नं १ का अध्यक्ष खगेन्द्रराज भण्डारी, दिपज्योती महिला साकोसका अध्यक्ष पार्वती बराल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङ तथा प्रदेश सङ्घ लिमिटेडका अध्यक्ष खगेन्द्रराज भण्डारीले शुभकामना प्रदान गरेका थिए । विशिष्ट अतिथि भण्डारीले स्थानीय पालिकाले कृषिमा अझ बढी बजेट छुट्ट्याउन आग्रह समेत गरेका छन् ।

सो अवसरमा संस्थाका जेष्ठ सदस्यहरूलाई सम्मान तथा वर्षभरि उत्कृष्ट कारोबार गर्ने विभिन्न शेयर सदस्यहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यसमितिले तयार पारेको वार्षिक प्रगति विवरण संस्थाका अध्यक्ष माधव ओझाले प्रस्तुत गरेका थिए ।

https://youtu.be/kZJantIRcTk

प्रतिक्रिया दिनुहोस्