बेलबारी जेसिसको लोम अफिसर तालिम


बेलबारी, १ चैत । बेलबारी जेसिसले जेसिसको बारेमा जानकारी तथा लोम अफिसर ट्रेनिङ सञ्चालन गरेको छ । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा आयोजित कार्यक्रमको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि सुवेदीले जेसिसले गरेको कामको प्रशंसा गर्दै यो कार्यलाई निरन्तर रूपमा लागिरहन आग्रह गरे । बेलबारी नगरपालिका वडा नं ३ का वडा अध्यक्षसमेत रहेका सुवेदीले समाज रूपान्तरणमा कार्य गर्ने संस्थासँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष माधवराज थापा, पूर्व अध्यक्ष राजेश खत्री लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा बेलबारी जेसिसले पदाधिकारीको नाम अङ्कित टिसर्ट वितरण गरेको छ ।
लोम अफिसर तालिमको सहजीकरण प्रशिक्षक राजेश खत्रीको रहेको थियो ।

बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव विराज नेउपानेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्