वैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दर्ताको कार्यतालिका सार्वजनिक


काठमाडौँ, ४ चैत । स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन वैशाख ११ र १२ गतेलाई तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने गरीको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको र्कातालिकाअनुसार उम्मेद्वारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन हुने छ । आयोगले उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुने बताएको छ ।

नाम फिर्ता लिन चाहेमा एक दिनको समय समय दिइने आयोगले प्रकाशित गरेको कार्य तालिकामा उल्लेख गरिएको छ । त्यही दिन अर्थात् चैत १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै अन्तिम नामावली प्रकाशित भए पछि चैत १७ गते चुनाव चिन्ह प्रदान गरिने कार्य तालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्