सुन्दररहैँचाको बाघ झोडा पोखरीमा डुबेर एक जनाको मृत्यु


मोरङ, ५ चैत । मोरङको सुन्दरहरैँचा १० स्थित बाघ झोडा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । शुक्रवार होलीको दिन बेपत्ता भएका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षको देखिने मृतक पुरुषको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । पोखरीमा डुबेर बेपत्ता भएको थाहा पाए पछि स्थानीयले इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरेका थिए । सूचना पाउनसाथ प्रहरीको टिमले उद्वार गरेर उपचारको लागि कोसी अस्पताल विराटनगर लगिएकोमा डक्टरले उनलाई मृत घोषणा गरेको थियो ।

उक्त शव हाल कोसी अस्पताल विराटनगरको शव गृहमा राखिएको र मृतकको हालसम्म सनाखत हुन नसकेकोले चिन्नु हुने महानुभावले मृतकको नजिकको आफन्तलाई सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्