आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने एमाले अध्यक्ष ओलीको उद्घोष


मोरङ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई बढार्ने उद्घोष गरेका छन् । इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उद्घोष गरेका हुन् ।

जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘आगामी निर्वाचनबाट हामी ५ दललाई एउटै कुचोले बढार्छौँ । अर्को चुनाव मैले केही भन्नु पर्दैन । हामी चुनाव मात्रै पर्खिरहेका छौँ ।’

शनिवार एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेको बाकस रित्तो पार्ने बताएका थिए । ओलीले एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गर्दै आगामी निर्वाचनमा कसको बाकस खाली हुने जनताले जवाफ दिने बताए ।

ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ‘हेर्नुहोस्, एमाले कार्यकर्ताले जुत्ता चप्पल खियाए र पसिना बगाएर अन्तरेजन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? कति साह्रो लाज नभएको ?’

ओलीले नेता खनालले नुनको गुन बिर्सिएको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्