प्रधानमन्त्री देउवाद्वारा सुन्दरहरैँचाको प्रशासनिक भवनको शिलान्यास


मोरङ, ८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दरहैँचा नगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरेका छन् । प्रधानमन्त्री देउवाले सोमवार सुन्दरहरैँचा- ८ सलकपुरमा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा संवोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा विश्वस्त हुन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले लेटाङमा प्रहरी जवानको हत्याको विषयमा चासो व्यक्त गर्दै हत्यामा संलग्नलाई कारबाही गर्ने बताएका छन् । उक्त घटनामा चासो व्यक्त गर्दै प्रधानमन्त्री देउवाले प्रहरीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै अपराधमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए ।

कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले प्रशासनिक भवनका लागि पहल कदमी लिने सबैप्रति आभार व्यक्त गर्दै सुन्दरहरैँचाले विकासमा ठूलो फड्को पारेको बताए ।
मोरङ आएका देउवा पाँचथर र खोटाङ हुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्