मोरङको लेटाङ घटना छानबिन गर्न समिति गठन


मोरङ, ९ चैत । मोरङको लेटाङ खेरुवामा भएको विद्यार्थीलाई यौन दुर्व्यवहारको घटनाको छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले एक जना महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाका विषयमा छानबिन गर्न समिति निर्माण गरिएको र गठित समितिले समग्र घटनाका अध्ययन गरी प्रतिवेदन पेस गर्ने जानकारी दिए ।

चैत ६ गते आइतबार दिउँसो भएको उक्त घटनामा परी दुई दर्जनभन्दा बढी प्रहरी र सात जना सर्वसाधारण घाइते भएका थिए । घटनाले उग्र रूप लिए पछि थप क्षति हुन नदिने मोरङ प्रहरीले उक्त स्थानमा कर्फ्यु लगाएको थियो ।

उक्त घटनामा सर्वसाधारणको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्