काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतकमा सूयर्माराज राई


मोरङ, १० चैत । सूयर्माराज राईले नेपाली काङ्ग्रेसको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । राईले बिहीवारबाट यो जिम्मेवारी दिइएको हो ।

सांसद राई यसअघि नेपाल काँग्रेसका सचेतकको जिम्मेवारीमा थिए । यस अघिका प्रमुख सचेतक केदार कार्की सरकारमा सहभागी भएपछि सो पद रिक्त थियो । कार्की प्रदेश हाल प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रीको जिम्मेवारीमा छन् । लामो समयदेखि खाली रहेको यो पदमा राई नियुक्त भएका हुन् ।

काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले राईलाई दलको विधानअनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्