प्रलेस प्रदेश नं १ को दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा तिला लेकाली


मोरङ,  १३ चैत । प्रगतिशील लेखक सङ्घ प्रदेश नं १ को दोस्रो सम्मेलनले तिला लेकालीको अध्यक्षतामा २७ सदस्सीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम खरेल र दिनेश थापा, सचिवमा राजेन्द्र सर्वहारा, सह–सचिवमा अशोक बराल र कोषाध्यक्षमा सिर्जना सरोवर रहेका छन् ।

। मोरङको बेलबारी नगरपालिकाको सभा हलमा सम्पन्न प्रलेस प्रदेश नं १ को दोस्रो सम्मेलनको प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा.जिवेन्द्र देव गिरीले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री तुलसी न्यौपाने, एकीकृत समाजवादीको केन्द्रीय सदस्य विद्या चाम्लिङ, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, (तारा) प्राडा वद्रीविशाल पोखरेल, स्रष्टा समाजका उपाध्यक्ष आचार्य अ, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, जन सांस्कृतिक महासङ्घ प्रदेश नं १ का अध्यक्ष जेबी थुलुङ, विराट साहित्य समाजका अध्यक्ष उमनाथ भट्टराई, अखिल नेपाल लेखक सङ्घ केन्द्रीय उपाध्यक्ष सुमित्रा बाङ्देल चेली लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कुन्ता शर्मा, चूडामणि रेग्मी, विश्वराज पाण्डे, कृष्ण श्रेष्ठ, बलराम पोखरेल, जसराज किराँती, सोमराज अभय, माधव भण्डारी, कमल जङ्गली, सरोज वली, रुद्र निरौला लगायतकालाई सम्मान गरिएको थियो ।

उक्त अवरसरमा प्रलेसको ‘सङ्गठन र साहित्य’ र प्रलेस मोरङको ‘नियात्रा’ नामक कृतिको विमोचनसमेत गरिएको थियो ।
वर्षभरिको कार्यसम्पादनका आधारमा उदयपुर र सुनसरी प्रथम, झापा दोस्रो र तेह्रथुम तेस्रो जिल्ला घोषित भएको प्रलेस प्रदेश नं १ का सचिव राजेन्द्र सर्वहाराले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्