अग्नि नियन्त्रक चौरसियाको गोली हानी हत्या भएको पुष्टि


पर्सा, १० कात्तिक । कार्तिक ८ गते पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी चौरसियाको हत्या भएको पुष्टि भएको छ । चौरसिया वीरगन्ज महानगरपालिकाका अग्नि नियन्त्रक हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंहका अनुसार नारायणी अस्पतालमा पोस्टमार्टम गर्दा चौरसियाको शरीरभित्र चिकित्सकहरूले गोली भेटिएकोले चौरसियालाई गोली हानेरै हत्या गरिएको हुनसक्ने अनुसन्धानबाट देखिएको छ ।अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छन् ।

प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एक दम्पत्तिलाई दिन नियन्त्रणमा लिएको थियो । चौरसियाको शव भेटिएकै दिन प्रहरीले वीरगन्ज ६ माइस्थानका दीपक किशोर अग्रवाल ‘दीपु मारवाडी’ र उनकी श्रीमती निधी अग्रवाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्