बेलबारीमा सामुदायिक सर्पदंश उपचार केन्द्रको उद्घाटन


बेलबारी, १३ चैत्र । बेलबारीमा सामुदायिक सर्पदंश उपचार केन्द्रको स्थापना भएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ जिल्ला कार्य समिति मोरङको आयोजनामा स्थापना गरिएको उपचार केन्द्रको आइतवार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नेकपा एमाले नगर अध्यक्ष ईरान राई, माओवादी केन्द्र नगर अध्यक्ष पर्शुराम सुवेदी, जसपाका नगर अध्यक्ष तिलक साङ्पाङ राई, भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष दिलप्रसाद राई (डिपि राई), उद्योग वाणिज्य सङ्घ बेलबारीका वरिष्ठ उपाध्यक्ष राजेश जङ्ग कार्की, बेलबारी नगरपालिका वडा नं ३ र ४ अध्यक्षहरू क्रमशः  योगेन्द्र सुवेदी र रामकुमार राई, नगरकार्यपालिका सदस्य गीता सिवा लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

बेलबारी नगरपालिका वडा नं ३ स्थापना भएको सर्पदंश केन्द्रले बेलबारी मात्र नभएर छिमेकी पालिकाका जनतालेसमेत सेवा पाउने नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ जिल्ला कार्य समिति मोरङका अध्यक्ष केशवप्रसाद घले बताउँछन् । सेवा निवृत्त पछि पनि आफूहरूसँग भएको सिपलाई समाजमा बाँड्न चाहेको घले बताउँछन् ।

आज उद्घाटन गरिएको सर्पदंश केन्द्रबाट सेवा भने केही दिन पछि मात्र उपलब्ध हुने जनाइएको छ । यो केन्द्रको स्थापनाले सर्पको टोकाबाट उपचार नपाएर मर्नु पर्ने समस्याबाट जनताले मुक्ति मिल्ने बताइएको छ ।

सेनानी प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव राजकुमार तामाङको रहेको थियो ।
उक्क कार्यक्रममा बेलबारी बहुमुखी सहकारीका अध्यक्ष प्रताप थापा, नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, महिला प्रतिभा मञ्चका अध्यक्ष शकुन्तला सुवेदी, बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रुक्मिणी धिमाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्