परीक्षा बोर्डद्वारा एसइईको उमेर हद हटाइयो


काठमाडौँ, १४ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस अघि रहेको १४ वर्षको उमेर हदलाई हटाएको हो ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यसै वर्षबाट कक्षा–१० को परीक्षाका हकमा लाग्ने उमेर हद हटाइएको, अब १४ वर्ष नपुगेकाले पनि परीक्षामा भाग लिन पाउने नलाग्ने जानकारी दिएका छन् ।

बोर्ड अध्यक्ष शर्माले भने ‘अब जति सुकै उमेरकाले कक्षा–१० को परीक्षा दिन पाउँछन् ।’

उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई समस्या भएको भन्दै त्यो व्यवस्था हटाएको उनको भनाइ छ । यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा भएको उमेर हदको व्यवस्था हटाउन बोर्डलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्