बेलबारी नगरपालिकाको ४ वटा नव निर्मित वडा कार्यालयको प्रशासनिक भवन एकै दिन उद्घाटन (फोटो फिचर)


बेलबारी, १४ चैत । बेलबारी नगरपालिकाको एकै दिन ४ वटा वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन भएको छ । सोमबार एकै दिन नव निर्मित १, ४, ८ र १० वडा कार्यालय भवन उद्घाटन गरिएको हो ।

चारै वटा वडा कार्यालयको भवन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका छन् । उद्घाटन कार्यक्रममा वडा कार्यालय भवन निर्माणको लागि जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान पनि गरिएको थियो । प्रमुख सुवेदी र उपप्रमुख ढाका कुमारी पराजुलीले सम्मान पत्र तथा दोसल्ला ओढाएर जग्गादाताहरूलाई सम्मान गरेका छन् ।

(वडा नं. १ का जग्गादातालाई सम्मान प्रदान)

स्थानीयका सहयोग सहयोग र सहभागिताको कारणले नगरपालिकाको विकास कार्य योजना तथा सामाजिक विकासका हरेक कार्य सफल भएको बताउँदै जग्गादाताहरूलाई प्रमुख सुवेदी र उपप्रमुख ढाका कुमारी पराजुलीले धन्यवाद प्रदान गरेका छन् । कोभिडका कारण केही अवरोध भए पनि गरेको प्रतिबद्धता पुरा भइरहेको प्रमुख र उपप्रमुखको मत रहेको छ । वडाका चारै अध्यक्षले पनि जग्गादाताहरूलाई धन्यवाद प्रदान गरेका छन् ।

(वडा नं. १० का जग्गादातालाई सम्मान प्रदान)

सोमबार वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्र पनि उद्घाटन भएको छ । शुक्रवार वडा नं. ६ को नव निर्मित वडा कार्यालयको प्रशासनिक भवन साथै आधारभूत स्वास्थ्य केन्द्र एकै दिन उद्घाटन भएको थियो ।

(वडा नं. ८ का जग्गादातालाई सम्मान प्रदान)

(वडा नं. ६ का जग्गादातालाई सम्मान प्रदान)

(वडा नं. ६ का जग्गादातालाई सम्मान प्रदान)

(वडा नं.१० को आधारभूत स्वास्थ्य केन्द्रको नव निर्मित भवन उद्घाटन)

प्रतिक्रिया दिनुहोस्