महाराजगञ्जस्थित जुवाखालबाट २ करोड बढी बरामद : २५ जना पक्राउ


काठमाडौँ, १० कात्तिक । प्रहरीले काठमाडौँको महाराजगञ्जस्थित एक जुवाखालबाट २ करोड बढी रकम बरामद सहित २५ जना पक्राउ परेको छन् ।

महाराजगञ्जस्थित होटेल साम्बालापछाडि रहेको विक्रम गौतमको घरमा प्रहरीले छापा मार्दा जुवाखालबाट नगद र चेकसहित २ करोड बढी रकम बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैङ्क अफ काठमान्डुको ३ लाखको चेक बरामद भएको छ ।
जुवाखालबाट पक्राउ परेका २५ व्यक्तिहरूको नाम भने प्रहरीले खुलाइ सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्