६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बेलबारीमा खुल्ला रक्तदान


मोरङ, १८ चैत । ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बेलबारीमा खुल्ला रक्तदान कार्यक्रमको सञ्चालन गरिएको छ । बेलबारी ३ मा मुख्य कार्यालय रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन भएको संस्थाका संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिएका छन् ।

बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा संचालन् गरिएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटी मोरङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्