केराबारी ७ नं वडाको प्रशासनिक भवनको समुद्घाटन तथा जग्गादातालाई सम्मान


केराबारी, २० चैत । केराबारी गाउँपालिका वडा नं ७ को प्रशासनिक तथा सामुदायिक स्वास्थ्य इकाइको भवनको समुद्घाटन गरिएको छ । शनिवार एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले नव निर्मित भवनहरूको उद्घाटन गरेका हुन् ।

नव निर्मित प्रशासनिक भवन सङ्घीय सरकारको ७० र स्थानीय पालिकाको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेल, प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहाल, जसपाका छत्र चेम्जोङ, नेपाली काँग्रेसका झलु गिरी, नेकपा एमालेका केशव बराल, भालुकुँडे, टोल विकासका अध्यक्ष डम्मरु बराल, वडा खेलकुद विकास समिति संयोजक विमल चेम्जोङ लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
उक्त कार्यक्रममा जग्गादाताहरू गणेश कुमार देवान, महेश्वरी गोले र दुर्गाप्रसाद भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

भवन उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिका वडा नं ७ अध्यक्ष नारायण चेम्जोङ, वडा सदस्यहरू खगेन्द्रप्रसाद निरौला, विमला तामाङ, रेखा विश्वकर्मा, विभिन्न राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्थानीयहरूको पनि उपस्थित रहेको थियो ।

वडा अध्यक्ष नारायण चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने वडा सचिव सिर्जना तामाङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्