चरम संकट देखा परे पछि श्रीलंकामा राष्ट्रपतिद्वारा विपक्षी दलहरुलाई सरकारमा आउन आह्वान


कोलम्बो, २१ चैत । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विपक्षी दलहरुलाई सरकारमा आउन आह्वान गरेका छन् । देशमा चरम संकट देखा परे पछि राष्ट्रपति राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी भएर राष्ट्रिय संकटको समाधान खोज्न एकजुट हुन आह्वान गरेका हुन् ।

कोभिड–१९ को महामारीको सुरुवातदेखि नै अर्थतन्त्र धरापमा परेको श्रीलंका पछिल्लो समय गम्भीर आर्थिक संकटसँग लडिरहेको छ ।

नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त गर्दै सबै २६ जना मन्त्रीहरूले राजीनामा दिन सहमति जनाउँदै पत्रमा हस्ताक्षर गरेको अङ्ग्रेजी भाषाको पत्रिका डेली उल्लेख गरेको छ ।

राष्ट्रपतिको पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्