प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्सम नियुक्त


मोरङ, २२ चैत । प्रदेश नं १ को योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्सम नियुक्त भएका छन् । प्रदेश १ मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. लक्समलाई नियुक्त गरेको हो ।

सोमबार बसेको बैठकले उपाध्यक्षमा नियुक्त गरेको प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिएका छन् । लक्सम शेरधन राई नेतृत्वको सरकारमा आयोगको सदस्य थिए । त्यस्तै सरकारले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, उपाध्यक्ष बाबा मेन्याङ्बोलाई जिम्मेवारीबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्