बेलबारीमा विशेष साङ्गीतिक कार्यक्रम २०७६ सम्पन्न (फोटो फिचर)


बेलबारी / बेलबारीमा शुभ दीपावलीको अवसरमा विशेष साङ्गीतिक कार्यक्रम २०७६ सम्पन्न भएको छ । बेलबारी वाड नं. ४ स्थित काकुममा शनिवार विशेष साङ्गीतिक कार्यक्रम २०७६ सम्पन्न भएको हो ।

काकुम युवा परिवार, बेलबारीको आयोजना भएको सो कार्यक्रममा गायक धिरज राईको प्रमुख प्रस्तुति रहेको थियो । साँझमा सुरु भएको कार्यक्रम धिरज राईको प्रस्तुतिले चिसो मौसमलाई पनि न्यानो बनाएको थियो ।

गायक राईले “तिमी रुँदा” बोलको गीत गाउन सुरु गरेर ३० मिनेट भन्दा लामो प्रस्तुति दिएका थिए । उनले प्रस्तुत गरेका “नाना हो”, “सेक्इट सेक्इट” लगायत बोलको गीतले दर्शकहरूलाई नाच्न बाध्य बनाएको थियो । स्टेजमा गाउन चढेका राईले बेलबारी ४ काकुम राईको लागि नयाँ र पृथक् नामको, ठाउँ भएको बताउँदै, सङ्गीत प्रेमी दर्शकको माझमा प्रस्तुति गर्न पाउँदा रमाइलो भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले पनि नृत्य साथै गीत प्रस्तुत गरेका थिए । बेलबारी आइडल विवेश मोतेले गीत प्रस्तुत गरेका थिए भने ऊँ डान्स सेन्टरको नृत्य प्रस्तुति रहेको थियो । अनिल सुवेदीले पनि गीत प्रस्तुत गरेका थिए ।

समाजमा एकताको संस्कार कायम राख्न र सामूहिक रुपाम चाडपर्व मनाउने संस्कार बसाउने उद्देश्यका साथ काकुम युवा परिवारले दीपावलीको अवसरमा विशेष साङ्गीतिक कार्यक्रम गरेको संस्थाका अध्यक्ष गौरिमान राईले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्