पथरीमा किरात भाषा लिपी पाठशालाको उद्घाटन


मोरङ, २२ चैत । मोरङको पथरीशनिश्चरेमा किरात भाषा लिपी पाठशाला तथा सामुदायिक भवनको उद्घाटन भएको छ । पथरीशनिश्चरे ८ शुक्रबारेमा निर्मित भवनको मोरङ क्षेत्र नं ३ का सांसद एवम् पूर्व मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका हुन् ।

किरात फागुनन्द युमा माङ्हिमले मङ्गलवार आयोजना गरेको वार्षिक चोमेन सेवा (उभौली सेवा)को अवसर पारेर सो भवनको उद्घाटन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोला, वडा नम्बर ६ र ८ का अध्यक्षहरू क्रमशः जयबहादुर तामाङ र बाबुराम दाहाल, पथरी बहुमुखी क्याम्पसका अध्यक्ष रामकुमार बस्नेत, उद्योग वाणिज्य सङ्घ पथरीका अध्यक्ष धनकुमार तामाङ, किरात धर्म साहित्य तथा उत्थान समिति जिल्ला अध्यक्ष रामकुमार कुरुङ्बाङ, धार्मिक सञ्जालका धर्मराज खजुम लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन भएको भाषा पाठशालाले किराँत भाषा र लिपीको संरक्षणमा विशेष योगदान दिने आसा गरिएको छ । किरात फाल्गुनन्द युमा माङ्हिमका अध्यक्ष शुकबहादुर थोप्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने सञ्जय चोबेगुको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्