स्ट्रिङमा च्यापिएर केराबारीमा ट्याक्टर चालक पिलिज बि.कले गुमाए ज्यान


बेलबारी, २३ चैत । मोरङको केराबारीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका ८ स्थितमा मङ्गलवार बिहान भएको दुर्घटनामा परी केराबारी–१० का १९ वर्षीय पिलिज बि.कको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी–१० का १९ बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाइते भएका थिए । घाइते उपचारको लागि स्थानीय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा बिकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय केराबारीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्