दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७८ को उद्घाटन


बेलबारी, २३ चैत । फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलबारीमा आयोजित दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७८ को उद्घाटन भएको छ । भाउन्ने यूथ क्लब बेलबारी १० ले आयोजनामा ‘मुस्ताङ दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७८’ को आज एक कार्यक्रमकाविच बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नगर प्रवक्ता योगेन्द्र सुवेदी, वडा नं १० का अध्यक्ष गङ्गा याखा, वडा नं ६, ,९, ११ का अध्यक्षहरू क्रमशःः उदयबहादुर राई, नगेन्द्र खड्का, यामबहादुर पोखरेल, माओवादी केन्द्रका प्रदेश सदस्य तथा नगर इन्चार्ज तिलक राई, जसपा नगर अध्यक्ष तिलक सामपाङ राई, नेकपा एमाले नगर सचिन शङ्कर राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

भाउन्ने यूथ क्लबको अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन भने क्लबका सल्लाहकार अमिर मगरको रहेको थियो ।

उद्घाटन खेलमा गोधुली फुटबल क्लब विजयी

आज भएको उद्घाटन खेलमा सत्यासा फुटबल क्लब दमक विजयी भएको छ । सत्यासा फुटबल क्लब दमकलाई १ का विरुद्ध ३ गोल गर्दै गोधुली क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

१–१ मा समाप्त भएको प्रतियोगिताको दोस्रो हाफमा दुई गोल थपेर गोधुली फुटबल क्लब विजयी भएको थियो । पहिलो हाफमा जर्सी नं १० मिलन राईको पहिलो गोल गरेका थिए भने तुरुन्तै दमक झापाका जर्सी नं १३ का खेलाडी रोशन थाम्सुहाले गोल गरे पछि पहिलो हाफ बराबरीमा सिद्धिएको थियो ।

दोस्रो हाफमा खेलको ५० औँ मिनेटमा दिवस सुनुवार र ७४ औँ मिनेटमा सुवाल राईले १–१ गोल गर्दा दमकले भने कुनै गोल थप्न सकेन ।

आज भएको खेलमा गोधुली फुटबल क्लबका जर्सी नं ५ का हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए ।
भोलि बिहिवारको खेल लेटाङ फुटबल क्लब र भाउन्ने यूथ क्लब रातोबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्