आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


मोरङ, २५ चैत । आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । अभियानका रूपमा सञ्चालन गरिने यो कार्यक्रमको बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको दरबार हाइस्कुलमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै सुरुवात गरेका थिए ।

शुक्रवारदेखि सुरु भएको यो अभियान २४ दिने रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख १८ सम्म सञ्चालन हुने यस अभियानमा १५ महिनादेखि १५ वर्षका करिब ७५ लाख बालबालिका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको अनुमान रहेको छ ।

देशभरिका ग्रामीण र सहरी क्षेत्रहरूमा ५० हजार भन्दा बढी विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ । अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्