सुन्दरहरैँचामा मकरधन सामुदायिक भवनको उद्घाटन


सुन्दरहरैँचा, २६ चैत । सुन्दरहरैँचा ११ शुक्रवारेमा निर्माण भएको मकरधन सामुदायिक भवनको उद्घाटन भएको छ । आज एक कार्यक्रमकाबिच प्रदेश सांसद राजकुमार ओझाले सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ, जिसस सदस्य विश्वेश्वर ढकाल, सुन्दरहरैँचा नगरपालिका वडा नं ११ का अध्यक्ष विषनलाल चौधरी, जग्गादाता परिवारका शोभित मान श्रेष्ठ, सुन्दररहैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नवराज चापागाईँ, रेडियो सुशेलीका अध्यक्ष रमेश खड्का लाइन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष रोहित शाह, भगवती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ ढकाल साथै विभिन्न राजनीति पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नवनिर्मित अढाई तले भवन प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालय प्रदेश नं १ ले दुई करोडको लागतमा निर्माण भएको छ ।

कार्यक्रममा शुक्रबारे निवासी स्वर्गीय मकर बहादुर श्रेष्ठ तथा श्रीमती धनमाया श्रेष्ठको नाममा ३ कठ्ठा ९.५ धुर जग्गा संस्थालाई प्रदान गर्ने सोभितामान श्रेष्ठ, सविना श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ र इन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

मकरधन सामुदायिक संस्थाका अध्यक्ष रमेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव तोयानाथ पोखरेलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्