एमाले अध्यक्ष ओलीद्वारा निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त


काठमाडौँ, २६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बिचार व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले कार्यक्रमलाई संवोधन गर्दै भने, ‘निर्वाचन आचारसंहिता सबैले मान्नु पर्दछ तर आचारसंहिता लागू गर्ने विषयमा हामीसँग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन आयोगको भूमिकाप्रति शङ्का व्यक्त गरेका छन् । ओलीले निर्वाचन आयोगलाई निष्पक्ष भएर भूमिका खेल्न आग्रहसमेत गरेका छन् ।

ओलीले आयोगले जारी गरेको आचारसंहिता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्