एमालेबाट विराटनगर महानगरपालिकाका प्रमुखमा पाँच जनाको नाम सिफारिस


मोरङ, २७ चैत । नेकपा (एमाले)ले बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । पार्टीको महानगर कमिटीको शनिवार बसेको प्रमुखमा पाँच जनाको नाम सिफारिस गरेर पठाएको हो ।

एमालेले सिफारिस गरेकाहरूमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् ।

त्यस्तै उपप्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेर पठाएको छ । सिफारिसमा पर्नेहरूमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) रहेका छन् ।

यसअघि महानगर प्रमुखको आकाङ्क्षी भनी चर्चामा रहेका पूर्व मन्त्री लालबाबु पण्डित र प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे भने सिफारिसमा अटाएनन् । त्यसो त पण्डित र घिमिरे नै पछि हटेकोले उनीहरूको नाम सिफारिसमा नपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्