एमालेबाट भरतपुरको मेयरको उमेद्वारमा सांसद सुवेदीको नाम सर्वसम्मत


चितवन, २७ चैत । एमालेले भरतपुरको मेयरमा विजयी सुवेदीलाई सर्वसम्मत रूपमा उमेद्वार बनाउने भएको छ । आज (आइतवार) पत्रकार सम्मेलनमार्फत नेकपा एमालेले सो जानकारी गराएको हो ।

उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी सांसद हुन् । भरतपुर महानगरपालिका १२ का स्थायी बासिन्दा सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए ।

सरल स्वभाव भएका सुवेदीले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् । उनको उमेद्वारीमा देवी ज्ञवालीले प्रस्ताव कृष्णभक्त पोखरेलले समर्थन रहेको थियो ।

आज (आइतबार) पार्टी कार्यालय भरतपुरमा आयोजित महानगर कमिटीको भेलामा सुवेदीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको हो ।

प्रतिक्रिया दिनुहोस्