सहकारी भ्रमणबाट फर्कँदै गरेको बस दुर्घटना


मोरङ, २८ चैत । सहकारी भ्रमणबाट फर्कँदै गरेको बस दुर्घटनामा परेको छ । मोरङको सुन्दरहरैँचास्थित पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको टिम तीर्थाटन गरी फर्कने क्रममा बस दुर्घटनामा परेको हो ।

खाल्डाखुल्डी सडकका कारण बस बिहान सवा ३ बजे सडकमा पल्टिएको थियो । भ्रमणमा गएकी संस्थाकी शेयर सदस्य सुन्दरहरैचा १० की कमला राईलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको संस्थाले जनाएको छ ।

संस्थाका सदस्य महेश आचार्यले भ्रमण टोलीमा संस्थाका अध्यक्ष सहित ३५ जना रहेको र बस भ्रमण सकेर फर्कने क्रममा धनुषाको लालगढ नजिक कालजर भन्ने ठाउँमा दुर्घटनामा परेको बताएका छन् ।

घाइतेको स्थानीय मोडेल अस्पताल, गढीमाइ अस्पतालका साथै रामा अस्पताल जनकपुरमासमेत उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्