चन्द्र लिम्बू काँग्रेसबाट बने बेलबारी ४ मा सर्वसम्मत वडाध्यक्षको उमेद्वार


बेलबारी, ३० चैत । नेपाली काँग्रेसले बेलबारी नगरपालिका वडा नं ४ मा चन्द्र लिम्बु (लुङगा)लाई सर्वसम्मत रूपमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । हालै बसेको पार्टीको बैठकले लिम्बूलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने निर्णय गरेको हो ।

आधा दर्जन बढी आँकाक्षी रहेको सो वडामा वडाध्यक्षमा लिम्बू सर्वसम्मत उमेद्वारा बने । लिम्बू लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

आफूले पुर्‍याएको सामाजिक योगदानले चुनावको परिणाम आफ्नै पक्षमा आउनेमा लिम्बू ढुक्क छन् ।

उता सोही वडामा एमालेले यसअघि नै सुजित बस्नेतलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्