खोर्साने महोत्सवमा आज टङ्क बुढाथोकी र अशोक दर्जीको प्रस्तुति रहने


सुन्दरहरैँचा, १ वैशाख । सुन्दररहैँचामा जारी दोस्रो खोर्साने महोत्सव २०७८ को दोस्रो दिनको दिन टङ्क बुढाथोकी र अशोक दर्जीको प्रस्तुति रहने छ ।

चैत ३० गते समुद्घाटन भएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहेका छन् ।

चैत ३० देखि वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने महोत्सव संयोजक सोमराज गिरिले जानकारी दिएका छन् ।

खोर्साने युवा क्लब अध्यक्ष काजिहाङ लिम्बू स्थानीय पर्यटनको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको बताउँछन् । शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर मेलामा आएर रमाइलो लिन अध्यक्ष लिम्बू आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्