नेपाली काँग्रेस बेलबारीको ४ जना वडाध्यक्षको उम्मेदवार सर्वसम्मत


बेलबारी, २ वैशाख । नेपाली काँग्रेस बेलबारीको ४ वडामा वडाध्यक्षको उमेद्वार सर्वसम्मत चयन भएको छ । बेलबारी नगरपालिका वडा नं. २, ४, ६ र ११ मा सर्वसम्मत चयन भएका हुन ।

बेलबारी वडा नं. २ मा मणिसुन्दर थापा, वडा नं. ४ मा चन्द्र लिम्बु, वडा नं. ६ मा टेकबहादुर राई र वडा नं. ११ मा विक्रम बान्तवा राई वडाध्यक्षको उमेद्वार सर्वसम्मत चयन भएको नगर सभापति छत्र लिम्बु जनाएका छन् ।

मेयर, उपमेयर र ६ वटा वडामा भने अध्यक्षको उमेद्वार टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्