श्रीमानको कुटाइबाट मोरङको जहदामा श्रीमतीको मृत्यु


मोरङ २ वैशाख । मोरङको जहदामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । जहदा गाउँपालिका वडा ७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीय पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

कुटपिटबाट घाइते भएकी टुडुको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।
नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको बताइएको छ ।

मापसे गरेर उत्पन्न विवादपछि घटना भएको खुलेको प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताए । पत्नीको हत्यामा संलग्न नारायण फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्